Logo

काउटिन्हो बार्सिलोनाबाट खेल्न राजी



काठमाडौं, २३ साउन । लिभरपुलका मालिकको असहमति बीच बार्सिलोनाले फिलिपे काउटिन्होलाई ९०.३ मिलियन पाउन्ड (करिव १२ अर्व २ करोड रुपैयाँ)मा अफर गरेपछि उनी बार्सिलोनाबाटै खेल्न राजी भएका छन् ।

२५ वर्षीय काउटिन्हो बार्सिलोनाकोे उक्त आकर्षक रकममा सहमत भएपछि लिभरपुल मालिकको उक्त असहमतिलाई बार्सिलोनाले खारेज गरिदिएको ‘इएसपिएन’ले उल्लेख गरेको छ ।

द मेट्रोका अनुसार गत शनिबार डब्लिनमा एटलेटिको बिल्बाओ विरुद्धको खेलमा काउटिन्हो बार्सिलोनाको सम्पर्कमा आएको उल्लेख गरेको छ । त्यसपछि उनले आफू बार्सिलोना क्लबमा खेल्नको लागि मन्जुर भएको लिभरपुल क्लबलाई जानकारी गराएका थिए ।

बार्सिलोनाले काउन्टिहो मिडफिल्डरबाट खेल्ने घोषणा आगामी बुधबार गर्ने जनाइएको छ । आगामी आइतबार हुने ‘सुपरकप’को पहिलो चरणमा काउटिन्होलाई ‘रियल म्याड्रिड’ विरुद्धको खेलमा मैदानमा उतार्ने बार्सिलोनाको योजना छ ।

यता लिभरपुलमा काउन्टिहोको ठाउँमा वेस्ट ह्याम प्लेमेकर म्यानुएल लन्जीनिलाई राख्ने तयारी गरेको जनाइएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्