Logo

पूर्वप्रधानमन्त्री डा भट्टराईको स्वास्थ्यमा सुधार



भक्तपुर, २३ साउन । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधार भएको छ ।

भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत २१ गते प्रोस्टेट अर्थात मूत्रथैलीको शल्यक्रिया गरिएको थियो ।

अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले उहाँको शल्यक्रिया गरिएको र उहाँको स्वास्थ्य अवस्था सुधार आएको अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले जानकारी दिनुभयो ।

अस्पतालमै उहाँको उपचार भइरहेको र केही दिनमा घर पठाइने उहाँले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्