Logo

ललितपुरको कुसुन्तीमा प्रहरीको ईन्काउन्टरमा एक जनाको मृत्यु



काठमाडौं, २३ साउन । ललितपुरको कुसुन्तीमा सोमबार दिउँसो प्रहरीको ‘इन्काउन्टर’मा एक जनाको मृत्यु भएको छ।

लागूऔषधको कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखा टेकुका डिएसपी अजय केसी नेतृत्वको टोलीले खत्रीको घरमा अप्रेसनका लागि गएको हो ।

‘प्रहरीले घर घेरेको थाहा पाएपछि उनी कौशीबाट हाम फालेर भाग्न खोजे, दुवै हातमा पेस्तोल बोकेका उनले प्रहरीतर्फ गोली हाने,’ महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले भने, ‘प्रहरीले जवाफी गोली चलाउँदा उनको मृत्यु भयो।’

डिएसपी अजय केसीका अनुसार प्रहरीले घर घेराउ गर्दा खत्री श्रीमतीसँगै कोठामा थिए।

 



प्रतिक्रिया दिनुहोस्