Logo

नयाँ पार्टी दर्ता गरेको भोलिपल्टै कमल थापाविरुद्ध यसरी खनिए राणा (भिडियोसहति)



काठमाडौं, २३, साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले आफू नै राप्रपाको मूलधार भएको दाबी गरेको छ ।

राप्रपा अध्यक्ष कमल थापाले स्वच्छाचारी ढंगले पार्टी चलाएकाले नयाँ पार्टी गठन गर्नु परेको अध्यक्ष राणाले बताएका छन् । उनले अघि भने,‘पार्टी एकीकरण हुँदा कुनै एउटा पार्टी अर्कोमा विलय भएको होइन, एकीकरण भएको हो।’

 

त्यस्तै उनले पार्टी एकतावद्ध ढंगबाट अगाडि बढोस् भनेर आफूले सहज रुपले नेतृत्व हस्तान्तरण गरेको बताउँदै भने,‘तर, सहज नेतृत्व हस्तान्तरणलाई कमजोरीका रुपमा लिएर पार्टीलाई विजय भएको जस्तै गरी स्वेच्छाचारी ढंगबाट सञ्चालन गर्ने धृष्टता गरियो ।’

त्यतिमात्रै नभएर उनले कमल थापामाथि पार्टी सञ्चालन एकीकृत पार्टीका नेता कार्यकर्ताको भावना अनुसार नभएको गम्भिर आरोप समेत लगाए । राणाले आक्रोश पोख्दै भने,‘त्यही कारण स्थानीय चुनवमा अनपेक्षित हार व्यहार्नु परेको हो, र्तमान पार्टी नेतृत्वले जनताको विश्वास गुमाइसकेको छ ।’

तस्विर : मुकुन्द कालिकोटे /तस्विर : मुकुन्द कालिकोटे /तस्विर : मुकुन्द कालिकोटे /तस्विर : मुकुन्द कालिकोटे/ तस्विर : मुकुन्द कालिकोटे /तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्