Logo

स्वास्थ्यमन्त्री पोखरेल र अमेरिकी कार्यावाहक राजदुतबिच भेटवार्ता



काठमाडौं, २३ साउन । स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेल र नेपालका लागी अमेरिकाका कार्यावाहक राजुदत मिचेल गोन्जालेस बिच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा मन्त्री पोखरेलले भुकम्पको बेला अमेरिकाले नेपाललाई गरेको सहयोगलागी धन्यवाद व्यक्त गर्नुभएको थियो । दाङ्गबाट शुरु भएको मलेरिया उन्मुलन कार्यक्रमको निम्ती अमेरिकी नियोगको गरेको सहयोगको पनि मन्त्री पोखरेलले प्रशंसा गनुृभयो ।

सो अवसरमा मन्त्री पोखरेलले स्वास्थ्यका धेरैं अधिकार स्थानिय निकायमा गएकोले अमेरिकासंग थप सहयोगको अपेक्षा गरिएको बताउनुभयो । भेटका क्रममा ग्ब्क्क्ष्म् ले नेपालको स्वास्थ्य क्षेत्रमा गरेको सहयोग बारे पनि छलफल भएको थियो ।

मन्त्री पोखरेलका स्वकीय सचिव सुदर्शन पराजुलीले दिनुभएको जानकारी अनुसार मन्त्री पोखरेलसंगको भेटवार्तामा नेपालका लागि अमेरिकी कार्यवाहक राजदुत मिचेल गोन्जालेसले अमेरिकाले नेपालको स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोग थप छलफल गरी बढाउन सकिने धारणा समेत राख्नुभएको थियो ।

भेटमा कार्यावाहक राजुदत गोन्जालेसले स्वास्थ्य क्षेत्रको विकासको निम्ती अमेरिकाले थप सहयोग गर्ने प्रतिबद्वता समेत व्यक्त गर्नुभएको थियो । गोन्जालेसले अमेरिकी नियोगले नेपालको स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगको सही सदुपयोग गर्न समेत आग्रह गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्