Logo

अमेरिकी डलरको भाउ दुइ वर्ष यताकै सस्तो



साउन २३, काठमाण्डौ । अमेरिकी डलरको भाउ दुइ वर्ष यताकै सस्तो भएको छ । बैंकहरुले सोमवार डलरको खरिद १ सय १ रुपैयाँको दरमा गरिरहेका छन् भने बिक्री गर्दा ग्राहकहरुसँग १ सय २ रुपैयाँ १५ पैसा देखि १ सय २ रुपैयाँ २० पैसासम्म तिरिरहेका छन् ।

राष्ट्र बैंकले भने खरिदको लागि १ सय १ रुपैयाँ ४४ पैसा र बिक्रीको लागि १ सय २ रुपैयाँ ०४ पैसा तोकेको छ । डलरको भाउ २०७२ साल साउन ७ गते यताकै सस्तो भएको हो । सो समय राष्ट्र बैंकले डलरको भाउ बिक्री दर १ सय १ रुपैयाँ ९६ पैसा तोकेको थियो ।

२०७१ चैत दोस्रो साता भने डलर हालसम्मकै सस्तो भएर ९८ रुपैयाँमा बिक्री भइरहेको थियो । सोमवार भने अन्तराष्ट्रिय एक्सचेन्ज बजारमा डलरको १५ महिनाको न्युन विन्दुबाट केही माथि उक्लिएको छ ।

अमेरिकाको रोजगार सम्बन्धि तथ्यांक आएपछि डलर केही बलियो भएको हो । जापानको येनसँगको विनिमयमा गत साता अवमूल्यन भएको डलर केही थामिएको छ ।



प्रतिक्रिया दिनुहोस्