Logo

दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृङ्खला इङ्ल्याण्डलाई



लन्डन, २४ साउन । चौथो तथा अन्तिम टेस्टमा दक्षिण अफ्रिकालाई १ सय ७७ रनले हराउँदै इङ्ल्यान्डले चार खेलको शृङखला ३/१ ले जितेको छ ।

इङ्ल्यान्डको ओल्ड ट्राफेर्डमा सम्पन्न खेलमा ३ सय ८० रनको लक्ष्य पछ्याएको पाहुना टोलीले २ सय २ रन मात्रै बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि हसिम अमलाले ८३ रन तथा फाफ डु प्लेसीसले ६१ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । पाहुना टोलीलाई सस्तैमा समेट्न इङ्ल्यान्डका मोईन अलीले ५ तथा जेम्स एण्डरसनले ३ विकेट लिए ।

यो जितसँगै जो रुटको कप्तानीमा रहेको इङ्ल्यान्डले ४ टेस्ट म्याचको शृङ्खला ३/१ ले कब्जा गरेको छ । जितसँगै इङ्ल्यान्ड विश्व टेष्ट क्रिकेटको वरियतामा तेस्रो स्थानमा उक्लिएको छ ।



प्रतिक्रिया दिनुहोस्