Logo

राप्रपाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता



काठमाडौं, २४ साउन । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

पार्टी विभाजनपछि सोमबारदेखि जारी केन्द्रीय समितिको बैठकले पार्टी फुटाउन सक्रिय रहेको भन्दै मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

यसअघि बसेको बैठकले सरकारमा सहभागी हुन कार्यदल गठन गरेपनि प्रधानमन्त्री देउवाले बेवास्ता गरेपछि चिढिएको राप्रपा पार्टी विभाजनपछि भने बाहिरिने निर्णयमा पुगेको हो । राप्रपाले वर्तमान सरकार गठबन्धन राप्रपा फुटाउन समेत सक्रिय भुमिका खेलेको आरोप समेत लगाएको छ ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले पार्टी विभाजित गराउन सरकारले भुमिका खेलेकाले उसलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए ।

राष्ट्रवाद र हिन्दु राष्ट्रको विपक्षमा रहेका शक्तिले सत्ताको प्रलोभनमा परेर पार्टी विभाजित गरेको भन्दै यसबाट विचलित नहुन पार्टी कार्यकर्तालाई आग्रह समेत गरे । वर्तमान सरकारले मधेशको समस्या संबोधनमा उदासिनता देखाएकाले सरकार असफल भएको राप्रपाको निष्कर्ष रहेको छ ।

तस्विरः मुकुन्द कालिकोटे 

 



प्रतिक्रिया दिनुहोस्