Logo

‘छक्कापञ्जा २’ मा नअटाएकि नम्रता सापकोटा ‘समर लभ’मा



काठमाडौं, २५ साउन । चलचित्र ‘समर लभ’मा नायिका नम्रता सापकोटा मुख्य भुमिका देखिने भएकी छन् । समरलभ उपन्यासका पात्र अतीतका रूपमा भने आशिष पियालाई देख्न पाईने छ ।

अर्कीपात्र साया अध्ययनका लागि विदेश गएपछि अतीत र सुस्मितामाथि नै कथा घुमेको छ । लेखक सुविन भट्टराईको चर्चित उपन्यास दृश्यांकन गरिने भएको छ ।

मुस्कान ढकालले निर्देशन गर्ने उक्त चलचित्र नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा बनाउन लागिएको हो । ‘समर लभ’ का पटकथा लेखकका रुपमा सामीप्यराज तिमल्सेनाको भूमिका छ । सुबिन र सामीप्यको संवाद तथा पुष्पन प्रधानको संगीत रहने छ।



प्रतिक्रिया दिनुहोस्