Logo

ट्राफिक जाममा परेपछि गृहमन्त्री हिडेरै सिंहदरबार (फोटोफिचर)



काठमाडौं, साउन २५ । गृहमन्त्री जर्नादन शर्मा बुधबार ट्राफिक जामका कारण बीच बाटोमै र्ओलिएर हिड्दै सिंहदरबार प्रवेश गरेका छन् । संसदमा जवाफ दिने कार्यक्रम सकेर नयाँ बानेश्वरबाट सिंहदरबार आउने क्रममा सिँहदरबारकै अगाढि उनि ट्राफिक जाममा परेका हुन् ।

जाम खुल्न समय लाग्ने देखेपछि उनी महालेखा परिक्षकको कार्यालय हुँदै आयल निगमतर्फबाट अघि बढ्ने क्रममा गाढिबाट ओर्लिएर हिंडेका थिए । मन्त्री शर्मा र्ओलिएपछि सुरक्षाकर्मीहरू पनि हतारमा र्ओलिएर पछि पछि लागेका थिए ।

गृहमन्त्री शर्मा मन्त्री भए देखि नै काठमाडौंको जामबारे गम्भीरता देखाउँदै आएका छन् । केही समय अघि जाम हटाउने योजना बनाएर कामगर्न डिआइजी सर्वेन्द्र खनाललाई ट्राफिक महाशाखामा सरुवा गरेका थिए ।

तस्बिर – ईश्वर कार्की

 



प्रतिक्रिया दिनुहोस्