Logo

महिला संघद्धारा रक्षामन्त्री प्रधान र खेलकुदमन्त्री केसीको सम्मान – फोटोफिचर



काठमाडौँ, २५ साउन । नेपाल महिला संघले नवनियुक्त रक्षामन्त्री भीमसेनदास प्रधान र युवा खेलकुद राजेन्द्रकुमार केसीलाई आज यहाँ सम्मान गरेको छ ।

संघको ७०औँ वार्षिकोत्सव तथा तीजको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले मन्त्री प्रधान र केसीलाई सम्मान गर्नुभएको हो ।

उहाँले महिलालाई संगठित गरी आवाज उठाउन मंगलादेवी सिंहले २००४ सालमा नेपाल महिला संघको स्थापना गर्नुभएको र त्यसबेलादेखि निरन्तररुपमा महिलाले आवाज उठाएकाले आज महिला अधिकार सहितको संविधान बनेको बताउनुभयो ।

रक्षामन्त्री प्रधानले नेपाल महिला संघको संस्थापक नेत्री मंगलादेवी सिंहको स्मृतिमा अस्पताल, वृद्धाश्रम खोलेर उहाँको स्मरणलाई जीवन्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

युवा खेलकुद मन्त्री केसीले नेपालमा महिलाको जनसंख्या पुरुषको भन्दा धेरै भएकाले महिलालाई शिक्षा र स्वास्थ्यमा प्रोत्साहन दिन सके देश समृद्ध हुने बताउनुभयो ।

सांसद राज्यलक्ष्मी श्रेष्ठ, पूर्व सभासद् कृष्णा अमात्य, संघका अध्यक्ष विष्णुदेवी पुडासैनी लगायतले महिला अधिकारका विविध विषयमा चर्चा गर्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्