Logo

सहकारीको माध्यमबाट गरिवी न्यूनिकरण गर्न सरकार प्रतिबद्ध : सहकारी तथा गरिबी निवारण मन्त्री



साउन २५, काठमाण्डौ । सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले सहकारीको माध्यामबाट गरिवी न्यूनिकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । व्यवस्थापिका संसद अन्तरगतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बुधबारको बैठकमा मन्त्री बस्नेतले गरिवी हटाउने कामलाई आफूले चुनौतिको रुपमा लिएको बताउनुभयो । उहाँले सहकारीको माध्यामबाट स्थानीय स्तरको आयआर्जनमा वृद्धि हुने मान्यता विश्वव्यापी भएको भन्दै त्यसै अनुसार सरकार अघि बढ्ने स्पष्ट पार्नुभयो ।
मन्त्री बस्नेतले सहकारी पीडितहरुलाई न्याय दिलाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । बैठकमा बाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले आत्मनिर्भर अर्थतन्त्रको विकासबाट मुलुकमा बढ्दो व्यापार घाटा कम गर्दै लैजान सकिने बताउनुभयो । उहाँले व्यापार घाटा कम गर्न निर्यात व्यापार गर्नैपर्छ भन्ने मान्यताको पक्षमा आफू नरहेको पनि स्पष्ट पार्नुभयो ।
मन्त्री विश्वकर्माले मुलुकमा विद्यमान व्यापार घाटा कम गर्न उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयबीच सहकार्य गरेर अघि बढने प्रतिवद्धता व्यक्त गर्नुभयो ।।

 



प्रतिक्रिया दिनुहोस्