Logo

साताको पहिलो दिनदेखिनै उकालो लागेको नेप्से साताको चौथो दिन भने ऋणात्मक



साउन २५, काठमाण्डौ । साताको पहिलो दिनदेखिनै उकालो लागेको नेप्से साताको चौथो दिन भने ऋणात्मक देखिएको छ । बुधबारको कारोबारमा १ हजार ६ सय ६७ दशमलव ९५ अंकबाट हरियो भएर सुरु भएकोमा १ हजार ६ सय ६१ दशमलव ७२ अंकमा बजार ओरालो लागेर बन्दभएको छ ।

बुधबार नेप्से परिसुचक ६ दशमलव २२ अंकले ओरालो लागेर १ हजार ६ सय ६१ दशमलव ७२ को बिन्दुमा कारोबार बन्द भएको छ । त्यसैगरी क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २१ अंकले ओरालो लागेर ३ सय ४८ दशमलव ९७ अंकमा बन्दभएको छ ।

परिसुचक घटेसँगै बुधबार कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार १ सय ५९ कम्पनीको ९१ करोड ६२ लाख ४१ हजार ७३२ रुपैयाँको शेयर किनबेच भएको छ । ८ हजार ६ सय ४७ वटा कारोबारको आधारमा २८ लाख ३२ हजार ४ सय ४५ कित्ता शेयरको किनबेच भएको छ । बुधबार कारोबारमा आएका आठ समूहमध्ये बीमा र होटल बाहेकका सबै समूहमा गिरावट आएको छ । बुधबार सबैभन्दा धेरै बिमा समूहको परिसुचक ८ दशमलव ७१ अंकले उकालो लागेर ९ हजार ४ सय १४ दशमलव २३ अंकमा बन्द भएको छ ।

त्यसैगरी होटल समूहको परिसुचक १ दशमलव ३५ अंकले उकालो लागेर २ हजार ५ सय १२ दशमलव १६ अंकमा बन्द भएको छ । त्यसैगरी बुधबारको कारोबारमा बाणिज्य बैक ६ दशमलव ४८ अंकले, विकास बैंक समूह १२ दशमलव ७२ अंकले, जलविद्युत समूह १२ दशमलव७५ अंकले, फाइनान्स ३ दशमलव ७ अंकले ओरालो लागेको छ । त्यसैगरी उत्पादन तथा प्रशोधन समूह २५ दशमलव १४ अंकले र अन्य १ दशमलव ४५ अंकले घटेका छन् ।

बुधबार सिटीजन्स इन्भेष्टमेन्ट ट्रष्ट नागरिक लगानी कोषको ३ करोड ९५ लाखभन्दा बढीको शेयर कारोबार भएको छ । त्यसैगरी नेपाल लाईफ इन्स्योरेन्सको ३ करोड ९० लाखभन्दा बढीको शेयर कारोबार भएको छ । बुधबार सबैभन्दा धेरै कमाउनेमा तिनाउ विकास बैंकका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्य ५ दशमलव ६६ प्रतिशतले बढेको छ, भने सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी भ्यालु फण्ड १ का लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले आरालो लागेको छ ।



प्रतिक्रिया दिनुहोस्