Logo

बैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नागरिकलाई तत्काल उद्धार गरिने



साउन २५, काठमाण्डौ । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले बैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नागरिकलाई तत्काल उद्धार गरिने बताउनुभएको छ । बुधबार ललितपुरमा व्यवसायिक तथा सिप विकास तालिमकेन्द्रको कम्प्युटर बेस टेष्टको भवन शिलान्यास गर्दै मन्त्री मन्सुरले अलपत्र परेका नागरिकहरुलाई तत्काल उद्धारका लागि आफुले कार्ययोजना बनाइरहेको बताउनुभयो ।
मन्त्री मन्सुरले बैदेशिक रोजगारमा गएर ठगीएकाहरुले उजूरी दिएमा ३० दिन भित्रै न्याय दिलाउने व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदुत पार्क योङ सिर्कले कोरियामा नेपाली कामदारहरुले राम्रो काम गरेकोले दुइ देश बिचको सम्बन्ध अझै प्रगाढ भएको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्