Logo

मेलम्चीको पानी, अझै आनाकानी, कुर्नुस १५ महिना



साउन २६, काठमाडौं । विभागीय मन्त्रीसहित मेलम्चीको मुहान र सुरुङ अवलोकनका लागि बुधबार मध्याह्न मेलम्ची आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयदेखि अल्झिएको कामलाई जतिसक्दो चाँडो सक्न निर्देशन दिएका छन् ।
तर निर्देशन पालना होला र मेलम्चीको पानी चाँडै नै वितरण होला भन्ने आशा गर्ने ठाउँ देखिदैन । सडकका खाल्डा पुर्न दिएको निर्देशन त पालना नहुने हाम्रो देशमा ठूलो आयोजना मानिएको मेलम्ची खानेपानीको काम छिटै सकिन्छ भन्ने अपेक्षा धेरैलाई छैन ।

अर्को सत्य के हो भने यही दसैंबाट मेलम्चीको पानी पाउने आसमा रहेका उपात्याकावासीले अर्को दसैंसम्म कुर्नुपर्ने भएको छ ।
दुई हजार दुई सय मिटर सुरुङ खन्नेदेखि सुन्दरीजलमा खानेपानी प्रशोधन, बाँध र पाँचतले कन्ट्रोल अपरेसन हाउस बनाउनेसम्मका काम वर्ष दिनभित्र नसकिँदा राजधानीवासीले मेलम्चीको पानी पिउन दसैंसम्म कुर्नुपर्ने अवस्था आएको हो ।

अझ अर्को आशंका के गर्न सकिन्छ भने अर्को दशैँसम्म पनि आयोजनाको काम पूरा नहुन सक्छ । किनकी काम सक्ने र पानी वितरण गर्ने भनेर धेरैपटक समयसिमा तोकिए पनि पूरा हुन सकेको छैन ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ मा रहेको मुहान अम्बाथानबाट २७.५ किलोमिटर लामो सुरुङ बनाएर मेलम्चीको पानी राजधानीमा वितरण गर्न लागिएको हो । सन् २००१ मा काम सुरु गरिए पनि अझै सुरुङ खन्ने काम २.१९ किलोमिटर बाँकी छ भने सुरुङ पूरै प्लास्टर गर्ने काम पूर्ण भएको छैन ।



प्रतिक्रिया दिनुहोस्