Logo

किन बचाउन खोज्दैछ अख्तियारले गोपाल खड्कालाई ?



साउन २६, काठमाण्डौ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धानका लागि संसदीय समितिले पत्र काटे पनि अख्तियार मौन बसेको छ ।

इन्धन भण्डारका लागि ६ गुणा महंगोमा जग्गा खरिद गरेको विषयमा अनियमितता भएको ठहर गर्दै लेखा समितिले अख्तियारलाई पत्र पठाएको थियो ।
निगमले भैरहवा, चितवन, सर्लाही, झापामा जग्गा किन्दा करिब ६७ करोड रुपैयाँ घोटाला भएको समाचार नागरिकले सार्वजनिक गरेपछि लेखा समितिले छानबिन थालेको थियो । त्यस्तै खड्काले झापा, सर्लाही, चितवन र भैरहवामा चलनचल्तीको मूल्यभन्दा ६ गुणा महंगो जग्गा खरिद गरी करिब ७० करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

तर सरकारदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कसैले पनि खड्कालाई कारबाही नगर्नु शंकास्पद मानिएको छ । खोलाको बगर खरिद गरेको पुष्टी भइसक्दा पनि अख्तियारले कुनै कदम नचालेको भन्दै आलोचना हुन थालेको छ ।
यसअघि कर फस्र्योट आयोगबाट २१ अर्ब रुपैयाँ कर छुट दिने आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरी मुद्दा चलाएर प्रशंसा बटुलेको अख्तियार आयल निगमको जग्गा खरिदका विषयमा भने कमजोर देखिएको हो ।

यसअघि अखिल नेपाल फुटबल संघ एन्फामा ठूलो रकम भ्रष्टाचार गरेको आरोप लगाइएका तत्कालिन अध्यक्ष गणेश थापालाई पनि अख्तियारले उन्मुक्ति दिएको आरोप लागको छ । यसपटक पनि खड्कालाई थापालाई जस्तै उन्मुक्ति दिने प्रयास भएको आशंका गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्