Logo

कुवेतमा एकवर्ष देखि बन्धक जीवन बिताईरहेकी तामाङको उद्धार



काठमाडौं, २६ साउन । कुवेतमा वन्धक जीवन बिताईरहेकी नुवाकोट स्थायी घर भएकी ४५ वर्षिया सिता तामाङलाइ उद्धार गरिएको छ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मकवानपुर घर भएका दावा थोकर, रुपा लामा र नविन खड्काले तामाङको उद्धार गरेको जानकारी दिएका छन् ।

उद्धार कर्ता दावा थोकरले एनआरएनको नाममा मानव तस्कर सक्रिय भएको दावि समेत गरेका छन्। उनले भने,‘हाम्रो देश बेराजगार समस्याले आक्रान्त बन्दै गइरहेको छ, यस्तो स्थितिमा जुनै सुकै संस्थाले रोजगारको नाममा विभिन्न प्रलोभनमा पारेर गलत बाटो हुँदै खाडि, साउदी, कुवेत र अरेयिबा लगायतका मुलुकमा पुर्याउने काम भएको छ, यसैको सिकार सिता तामाङ सिकार भएकी छिन्।’

त्यस्तै कार्यक्रममा रुपा लामाले पछिल्लो समय बैदेशिक रोजगारमा गएका नेपालीले महिलाले शारिरीक मानसिक लगायत अन्य पिडाको सिकार हुनुपरेको बताएकी छिन् ।

उनले भनिन्,‘नेपाली दिदी बहिनीहरुले भोगेको दुखलाई हेर्दा यस्तो लाग्छ, हाम्रो सरकार र सम्बन्धित निकाय नै आफ्ना नागरिक प्रति बेखबर छ, वैदेशिक रोजगारमा गएर दुख पाएकाको मात्र होईन त्यहाँ ज्यान गुमेकै स्थितिमा कसैले साथ नदिने रहेछ।’

उनले अघि थपिन,‘कुवेतमा रहेका तमाम संस्थाहरु छन्, सबै संस्थाहरु प्रचार बाजि मात्रै छन्, पिडित सिता तामाङ विगत एक वर्षदेखि बेखबर हुनुहुन्थ्यो, तिन पटक जेल पर्नुभएको थियो, त्यस्तो स्थितिमा सामाजिक काम गर्नको लागि गठन गरिकएका कुनै पनि संस्थाले काम गरेन।’

उद्धार कर्ता रुपा लामाले भनिन्,‘कुवेत स्थिति नेपाली राजदुतावासले पनि कुनै वास्ता गरेन, नेपालीको दुःख र असहजतामा साथ दिनको लागि खटिएका कुवेतका लागि नेपाली राजदुत यज्ञ बहादुर हमाले ज्यूले पनि सुरुमा सिता तामाङको दुखमा साथ नदिएको भेटियो, यताबाट फोन गरेपछि मात्रै तदारुकता देखाउनु भयो, यि तमाम अफ्ट्याराहरुलाई पन्छाउने क्रममा हामी परराष्ट्र गयौ।’

उनले अघि थपिन,‘त्यसपछि यताबाट प्रक्रिया अघि बढाएको एकघण्टामै तामाङको उद्धार भयो, यसले के देखाउछ भने सेवाको नाममा स्थापना गरिएका संघसंस्था नै दोसि छन्, नेपाल सरकारले नेपाली नागरिकलाई परेको अफ्ट्यारोमा सहयोग नगर्ने दुतावासलाई कार्वाही गर्ने हो भने यो समस्या केही सुधार हुन्छ।

 



प्रतिक्रिया दिनुहोस्