Logo

देउवा र शुष्मा विच १५ मिनेट वन टु वान कुराकानी



काठमाडौ, २६ साउन । नेपाल भ्रमणमा रहेकी भारतीय परराष्ट्रमन्त्री शुष्मा स्वराज र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाविच झण्डै १५ मिनेट वन टु वान कुराकानी भएको छ ।
भेटवार्तामा प्रधानमन्त्री देउवकाको आसन्न भारत भ्रमणसहित सबैखाले समसामयिक विषयबस्तुमा कुराकानी भएकोले प्रधानमन्त्रीका परराष्ट्र सल्लाहका दिनेश भट्टराईले जानकारी दिए ।
रिपोर्टर्स नेपाल डटकमको लागि ऋषि धमलासँगको कुराकानीमा भट्टराईले भने– दुई मुलुकविचको सम्बन्धलाई अझै प्रगाढ बनाउन गरी सबै एजेण्डामा छलफल भए । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको एजेण्डाको विषयमा विशेष गरेर कुराकानी भयो । नेपालको सबै राजनीतिक घटनाक्रमको विषयमा उहाँ जानकार नै हुनुदो रहेछ । त्यसैले नेपालको राजनीतिक स्थायीत्वदेखि विकास निर्माणसम्मका विषयमा सौहार्द ढंगमा कुराकानी भयो ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवाको भारत भ्रमणको एजेण्डासहित नेपाली सेनालाई आधुनिक हतियार उपलब्ध गराउने, निर्वाचन सामग्री, भोटिङ मेसिन मा उपलब्ध गराउने विषयमा समेत कुराकानी भएको थियो ।
स्वराजले निर्वाचनको लागि भारत जस्तो सुकै सहयोग गर्न समेत तयार रहेको स्पष्ट पार्दै त्यस विषयमा प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा छलफल गर्ने आवश्वासन दिएकी थिईन ।
उनले देउवालाई संविधान संसोधनपछि निर्वाचनपछि गर्न आग्रह गर्दै राजपालाईसमेत साथ लिएर जादाँ नेपालमा स्थायीत्व आउने तर्फ ध्यान आर्कषित गराएकी थिईन ।
त्यसैगरी लागनी अभिबृद्धि, नेपाल भारत सम्बन्ध, भारत चीन विच कायम रहेको डोक्लम विवादको विषय र विमस्टेकलाई प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्