Logo

पशुपतिले मागे देउवासँग सहयोग



काठमाडौ, २६ साउन । भर्खरै पार्टी विभाजन गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठन गरेका पशुपति शमसेर राणाले पार्टीलाई अगाडि बढाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सहयोग मागेका छन ।
बिहीबार भएको भेटवार्तामा राणाले पार्टी विभाजनबाट सक्रमणकालिन अवस्थामा रहेकोले तत्काल आफूहरुलाई सरकारमा सहभागि गराउन आग्रह गरेका थिए ।
राणाले राप्रपालाई दुई मन्त्रालय छुट्टयाएकोमा तीन मन्त्रालय र तीन राज्यमन्त्री दिन आग्रह गरेका थिए । उनले आफूहरुसँग १९ सांसद रहेको उल्लेख गर्दै सरकारको संविधान संसोधन विद्येयकसहित निर्वाचनमा पार्टी सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए।



प्रतिक्रिया दिनुहोस्