Logo

फेवाताल अतिक्रमणमा पार्क भिलेज वाटर फन्ट रिसोर्ट



साउन २७, काठमाण्डौ । पर्यटकीय आकर्षण केन्द्र फेवातालको किनारस्थित सेदीमा पर्यटन व्यवसायी कर्ण शाक्यको पार्क भिलेज वाटर फन्ट रिसोर्ट अनुमतिबिनै बनाईएको खुलेको छ ।
शाक्यको सो कामविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको प्रतिउत्तर दिँदै पर्यटन उद्योग महाशाखाले त्यहाँ रिसोर्ट सञ्चालनका लागि सिफारिस नगरेको उल्लेख गरेको छ ।
पर्यटन ऐन, २०३५ को दफा १० बमोजि पार्क भिलेज वाटर फन्ट रिसोर्ट पर्यटकीइ स्थलमा रिसोर्टक रपमाा दर्ता गर्न यस महाशाखाबाट सिफारिस गरिएको अभिलेख छैन, महाशाखाले २०६८ भदौ १ गते सर्वोच्च अदालतमा दिएको प्रतिउत्तरमा उल्लेख छ ।
यो खबर आजको नागरिकमा छ ।



प्रतिक्रिया दिनुहोस्