Logo

मिसावट र दुषित खाद्यवस्तु उत्पादन तथा वितरणमा रोक लगाउन खाद्य ऐन बाधक



साउन २७, काठमाण्डौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिसावट र दुषित खाद्यवस्तु उत्पादन तथा वितरणमा रोक लगाउन खाद्य ऐन बाधक रहेको जनाएको छ । बिहिवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले मिसावट तथा दुषित खाद्यबस्तु उत्पादन तथा विक्रिवितरणमा रोक लगाउन खाद्य ऐन नै बाधक रहेको बताउनुभयो

बजारमा मिसावटयुक्त खाद्य बस्तुहरु भेटिएपनि तत्काल स्थलगत जरिवाना गर्ने प्रावधान समेत नरहेको उहाँको भनाइ थियो । उहाँले अखाद्य बस्तु विक्रिवितरण गर्नेमाथि कारवाही गर्न खोज्दा खाद्य ऐन र उपभोक्ता संरक्षण ऐन बाधक बन्ने गरेको गुनासो गर्नुभयो ।
विभागले अनुगमन कार्यलाई अघि बढाउन विभागको संगठन संरचना र श्रोत  साधनको पनि कमी रहेकोे स्पष्ट पारेको छ । प्रवक्ता वस्तीले विभाग, क्षेत्रीय
कार्यालय तथा खाद्य क्वारेन्टाईन प्रयोगशालाहरुमा प्रभावकारी अनुगमनको लागि श्रोत साधनको कमी रहेको बताउनुभयो ।।



प्रतिक्रिया दिनुहोस्