Logo

राजपा र सरकारविच सहमति, आइतवारबाट संविधान संसोधन अघि बढ्ने



काठमाडौ, २७ साउन । सरकार र आन्दोलतरत राष्ट्रिय जनता पार्टीविच संविधान संसोधन विद्येयक अघि बढाउने विषयमा सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संसदमा विचाराधिन संविधान संशोधन विधेयकलाई संसदीय प्रक्रिया अनुसार अघि बढाउने सहमति भएको हो । विद्येयक पारित गराउन सबै राजनीतिक दलहरुसँग छलफल गरेर सरकारले इमान्दार प्रयास गर्ने तर भोटिङको क्रममा असफल भएपनि नतिजा स्विकारेर आगामि निर्वाचनमा सहभागि हुने सहमति भएको राजपा अध्यक्ष मण्डलका नेता सरदसिंह भण्डारीले जानकारी दिए ।
सर्वोच्च अदालतले स्थानीय तह बढाउन पाउने गरी फैसला सुनाएपछि राजपा सकारात्मक भएको हो । सरकारले यसैविचमा २ नम्बर प्रदेशको स्थानीय तहको संख्या बढाउने निर्णय समेत गर्ने सहमति भएको बताईएको छ ।

राजपालाई चुनाव चिन्ह छाता नै दिने गरी सरकारले निर्वाचन आयोगसँग छलफल गर्ने र त्यसको लागि आवश्यक परे ऐन कानून संसोधन प्रक्रिया समेत अघि बढ्ने सहमति भएको छ ।
सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन अघि बढाउने सहमति भएको हो । सम्भवत आगामी मंगलबार संशोधन विधेयकमाथि संसदमा मतदान (भोटिङ) हुनेछ ।
संशोधन अघि बढाउने सहमति भएपनि विधेयकको पक्षमा दुई तिहाई बहुमत अझै देखिएको छैन ।
त्यसैगरी मधेस आन्दोलनका क्रममा मारिएकालाई शहीद घोषणा गरी क्षतिपूर्ति, घाईतेको उपचार लगायतका बाँकी रहेका मागहरु पनि सरकारले तत्कालै पुरा गरेर अघि बढ्ने सहमति भएको हो ।



प्रतिक्रिया दिनुहोस्