Logo

राष्ट्रिय सहमतिसहित प्रस्ताव पारित हुन्छ: माओवादी नेता नायक



काठमाडौं, २७ साउन । माओवादी केन्द्रका नेता तथा पूर्व कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव पारित हुने बताए । रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै नेता नायकले यस्तो बताएका हुन । उनले भने,‘राष्ट्रिय सहमति बनाएर प्रस्ताव पारित गर्ने प्रयास भइरहेको छ,‘राष्ट्रिय सहमति गरेर संशोधन प्रस्ताव पारित गर्नुपर्छ ।’

नेकपा एमालेलाई राष्ट्रिय सहमतिको बाधक बनेको आरोप लगाउँदै देश र जनताको हितका लागि जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरे । प्रमुख प्रतिपक्षीले आफ्नो भूमिका सही ढंगले ननिभाएकाले संकट समाधानमा ढिलाई भइरहेको बताए । उनले भने,‘एमालेले प्रमुख प्रतिपक्षीको दायित्व निभाउनुपर्नेमा निभाएन । गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिइरहेको छ ।’

राजपा चुनावमा आउने वातावरण बनेको बेला अड्को थाप्न नहुने बताए । चुनाव कसैले जस लिने र अपजस लिने विषय नभएकाले स्वार्थको विषय बनाउन नहुने बताए । संविधान संशोधनको विषयमा एमालेले भित्र एउटा गर्ने र बाहिर अर्को बोल्ने गर्दै आएको आरोप लगाए ।

एकै चरणमा चुनाव हुनुपर्नेमा उनको जोड थियो । चुनावमा माओवादी केन्द्रले सरकारमा भएका र सरकारलाई समर्थन दिएका दलहरूसँग तालमेल गर्ने सम्भावना औल्याएँ ।

डा.गाविन्द केसीको माग सम्बोधन गर्न कुनै ढिलाई गर्न नहुने नायकको भनाई थियो । तर, देशमा गम्भीर मुद्या उठिरहँदा केसीको अनसन शुरू हुने घटना दोहोरिनुलाई आफूहरूले गम्भीर रुपमा लिएको बताए ।



प्रतिक्रिया दिनुहोस्