Logo

चिकित्सा शिक्षा विधेयक समितिद्धारा पास, संसदमा छलफल गर्न एमालेको माग



काठमाडौं, २७ साउन । चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने लगायतका माग राख्दै विगत १९ दिन देखि अनशनरत डा.गोविन्द केसीलाई अनसन तोड्नको लागि दवाफ बढेको छ ।

महिला,बालबालिका,जेष्ठ नागरिक तथा समाज कल्याण समितिले चिकित्सा शिक्षा विधेयक पास गरेको अवस्थामा केसीलाई अनशन तोड्नुपर्ने दवाफ बढकोे हो। वैठकद्धारा पास गरिएको विधेयक छलफलका लागि संसदमा पेस गरिने समितिले जानकारी दिएको छ ।

महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिले शुक्रबारको बैठकले विधेयक पास गर्दै अनशनरत डा.गोविन्द केसीलाई अनसन तोड्न आग्रह समेत गरेको छ ।

त्यस्तै नेकपा एमाले पार्टी कार्यलय धुम्बाराहीमा बसेको पार्टीको वैठकले समितिद्धारा पास गरिएको विद्येयलाई संसदमा छलफल गर्नको लागि सरकारसाग माग गरेको छ ।

एमाले अध्यक्ष केपीशर्मा ओलीको अध्यक्षता सम्पन्न वैठकले केदारभक्त माथेमा आयोगले दिएका सुझावलाई सरकारले आलटाल गरिरहेको आरोप गलाएको छ।

जारि विज्ञप्तीमा भनिएको छ,‘हाम्रो पार्टी प्रतिपक्षमा भएको स्थितिमा पनि उक्त माग सम्बोधन गर्नको लागि पटक–पटक सरकारलाई ध्यानाकर्षण गराएको कुरा जगजाहेर छ।’ तत्काल ससंदमा छलफल गरि विद्येयक पारित गर्नको लागि एमालेले सकारसँग आग्रह गरेको छ ।

त्यस्तै वैठकले भोजपुर उदयपुर र झापाको लागि जिल्ला समन्वय समितिमा क्रमशः लक्ष्मण खडुका त्यसैगरि उदयपुरको लागि खड्क परिवार, गंगा राई, झापाको लागि सोमनाथ पुर्तेलm मिना पराजुलिलाई सिफारिस समेतको गरेको छ ।



प्रतिक्रिया दिनुहोस्