Logo

मोडलतर्फ मन्जिता केसी र भिडियो निर्देशक तर्फ प्रकाश भट्ट सम्मानित



काठमाडौं, २७ साउन । चर्चित मोडल एवम नायिका मन्जिता केसी तेस्रो सुन्दरादेवि सन्देश म्युजिक अवार्डबाट सम्मानित भएकी छन् । मन्जिताले यस वर्ष यो सहित दुईवटा अर्वाड हात पार्न सफल भएकि छन् ।

केही समय अघि मात्रै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिले आयोजना गरेको सर्बोउत्कृष्ट मोडलको उपाधिबाट सम्मानित भएकी थिन ।

त्यस्तै सुन्दरा देवि सन्देश म्यूजिकले आयोजना गरेको अर्वाड पाउनेमा उत्कृष्ट भिडियो निर्देशक तर्फ प्रकाश भट्ट अवार्ड जित्न सफल भएका छन् । उनिहरु दुवै जनाले आफ्नो सामाजिक सञ्जाल फेशबुक मार्फत भोटगर्ने, परोक्ष र पत्यक्ष साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

साथै अवार्डले आफूलाइ यस क्षेत्रको विकास र बिस्तारको लागि अझ जिम्मेवारी थपिएको स्विकार गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot