Logo

युवा पलायन हुनबाट रोक्छु: मन्त्री मन्सुर



काठमाडौं, २७ साउन । अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा युवा गैर सरकारी संस्था महासंघ नेपालले काठमाण्डौमा आयोजना गरेको युवा नेतृत्व सम्मेलनमा सम्वोधन गदै श्रम तथा रोजगार मन्त्री फरमुल्ला मन्सुरले युवाहरु विदेश पलायन हुनवाट रोक्नु पर्ने बताउनु भएको छ ।
देशका विभिन्न ठाउवाट २०० जना युवाहरुको सहभागिता रहेको उक्त सम्मेलन श्रावण २७ गते सुरु भई २८ गते काठमाण्डौ युवा घोषणा पत्र जारी गरी सम्पन्न हुने छ ।

संयुक्त राष्ट्र संघको घोषणा अनुसार प्रत्येक बर्ष अगष्ट १२ लाई अन्तराष्ट्रिय युवा दिवसकोरुपमा महासंघले पनि विविध कार्यक्रम गरी मनाउदै छ ।
सम्मेलनको माननीय उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गर्नु भएको थियो भने सार्कका पुर्व महासचिव अर्जुन व.थापा, रेस्फेकका अध्यक्ष शान्तलाल मुल्मी, धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल, कर्ण शाक्य सकारात्मक अभियानका राजेन्द्र वहादुर श्रेष्ठले कार्य पत्र प्रस्तुत गर्नु भएको थियो ।

शान्तिकालागि युवा भन्ने मुल नाराका साथ यो वर्ष भोली अगष्ट १२ तारिकमा संसारभरका युवाहरुले उक्त दिवस मनाउदै छन् । दुई दिन सम्म चल्ने सम्मेलनमा युवा रोजगारी, उद्यमशिलता, सकारात्मक सोच, युवा स्वास्थ्य र सार्कका युवा अवस्थाबारेमा छलफल गरी युवा घोषणा पत्र जारी गरिने युवा नेतृत्व सम्मेलनका आयोजक युवा गैर सरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष नारायण गिरीले बताउनु भयो । यस कार्यक्रमको नेपाली रेडीयो नेटवर्क संचार साझेदार समेत रहेको छ ।



प्रतिक्रिया दिनुहोस्