Logo

बिमस्टेक बैठक सम्पन्न : के भयो बैठकमा ?



साउन २७, काठमाण्डौ । खुला ब्यापार, ग्रिन इन्टर कनेक्सनका साथै प्रविधि हस्तान्तरण सम्झौता छिट्टै गर्ने सहमति सहित दुई दिने बिमेस्टेकको विदेशमन्त्री स्तरिय बैठक काठमाडौमा सम्पन्न भएको छ ।

बैठकले स्वतन्त्र व्यापार सम्झौता, विद्युतीय ग्रिड एकआपसमा जोड्ने र प्रविधि आदान प्रदानलाई मुख्य प्राथमिकतामा राख्ने निर्णय गरेको छ । बिमस्टेक विदेशमन्त्रीस्तरीय बैठकमा भावी कार्ययोजना बनाउन प्रबुद्ध समूह बनाउने सहमति भएको छ । परराष्ट्रमन्त्री कृष्ण बहादुर महराले बैठकमा बिमेस्टेक राष्ट्र विच व्यापार सहजीकरणलाई अन्तिम रुप दिने काम भएको जानकारी दिए ।

बिमस्टेक शिखर सम्मेलनको मिति भने तय हुन सकेन । चुनाव सम्पन्न भएपछि नेपालले अन्य देशसँग छलफल गरेर मिति प्रस्ताव गर्ने मन्त्री महराले बताए । विमस्टेक राष्ट्रहरुविच निजी क्षेत्रको लगानीलाई समेत प्राथमिकतामा राखिएको मन्त्री महराले बताए । आतंकबाद लागू औषध नियन्त्रण र मानवतस्करीलाई विमेस्टेक राष्ट्रहरुले रोक्ने विशेष भुमिका खेल्ने जनाएको छ ।

बैठकले नेपालले सन् २०१९ मा उर्जामन्त्रीस्तरीय बैठक नेपालमा गर्ने प्रस्ताव गरेको छ ।
उपप्रधान एवं परराष्ट्रमन्त्री महराका अनुसार खुला ब्यापार, ग्रिन इन्टर कनेक्सनका साथै प्रविधि हस्तान्तरण सम्झौता छिट्टै गर्ने सहमति भएको छ । नेपालले सन् २०१९ मा उर्जामन्त्रीस्तरीय बैठक नेपालमा गर्ने प्रस्ताव गरेको छ । यो बैठकमा बिमस्टेक ग्रिन इन्टर कनेक्सन सम्झौता गर्ने प्रयास हुने मन्त्री महराले बताए । बिमस्टेक विदेशमन्त्रीस्तरीय बैठकमा भावी कार्ययोजना बनाउन प्रबुद्ध समूह बनाउने सहमति भएको छ ।

गोवा रिट्रिट बैठकका निर्णय कार्यान्वयन गर्ने सहमति भएको उपप्रधान एवं परराष्ट्रमन्त्री महराले जानकारी दिए । यसअघि बिमस्टेकको १५ औं मन्त्रिस्तरीय बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सहयोगका क्षेत्रलाई अझ घनीभूत बनाउनु पर्नेमा जोड दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्