Logo

संविधान संशोधनलाई एमालले दियो चुनौति, झलनाथ खनाल भन्छन्, “दुई तिहाई पु¥याउने रणनीति हावा खाइसक्यो



साउन २८, काठमाण्डौ । नेकपा एमालेका नेता झलनाथ खनालले अहिलेको प्राथमिकता संविधान कार्यान्वयन भएको बताउँदै संशोधनको पक्षमा एमाले नजाने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता खनालले आफ्नो पार्टी निर्वाचन केन्द्रित भएको बताए ।

खनालले भने, “हामी संविधान संशोधनको पक्षमा खडा हुँदैनौँ ।”
संविधान संशोधनका प्रस्ताव संसदमा पेश गर्ने सरकारको तयारीलाई खनालले सत्तारुढ दलको राजनीतिक खेलको संज्ञा दिएका छन् । नेकपा एमालेले संविधान संशोधनमा अवरोध ग¥यो भन्ने सन्देश मधेशमा पु¥याउनका लागि खेल खेलिएको तर्क खनालले गरेका छन् ।

“२–४ वटा मत पट्याउन सकिन्छ कि भन्ने अत्यन्त बदनियतपूर्ण तरिकाले आएको कुरा हो । त्यसमा हामीलाई मतलब छैन ।” खनालले भने ।
राजपाका नेताहरुलाई निर्वाचनमा भाग लिनका लागि काँधमा काँध मिलाएर जान आग्रह गर्दै नेता खनालले पास नहुने संविधान संशोधनको प्रस्ताव संसदमा लैजान आवश्यक नै नरहेको बताए ।

सत्तारुढ दलहरुले नेकपा एमालेका विरुद्ध षडयन्त्र गरेको आरोप लगाउँदै उक्त कुरा जनताले राम्रोसँग बुझ्ने र सोही अनुसार मतदान गर्ने खनालको दाबी छ ।
संघीय संसद नबन्दै संविधान संशोधन गर्नु संविधानको मर्म विपरित हुने तर्क खनालले गरेका छन् ।

संविधान संशोधनका लागि देशविदेशबाट दबाब आएको आरोप लगाउँदै खनालले दबाब दिने सबै पक्षले संघीय संसद नभएसम्म धैर्यता राख्नुपर्ने बताए ।
खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई संधिवान संशोधनका लागि दुई तिहाई बहुमत पु¥याउन चुनौति समेत दिएका छन् । उनले भने, “अहिले प्रधानमन्त्रीले भनेर केही हुनेवाला छैन ।”

“दुई तिहाई पु¥याउने रणनीति हावा खाइसक्यो ।” खनालको भनाई ।

संविधान संशोधनको प्रस्तावमा समावेश गरिएको विषयवस्तु अध्ययन गरेर अगाडि बढ्ने खनालले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्