Logo

स्वराजले एमालेलाई निम्तो नदिएपछि… नेता खनाल भन्छन्, “भारतीय अधिकारीहरु के गर्छन्, बडा विचित्र छ ।”



साउन २८, काठमाण्डौ । नेकपा एमालेका नेता झलनाथ खनालले भारतीय दुतावासमा भएको भेटघाटमा नेकपा एमालेलाई निम्ता नदिइएको बताएका छन् ।

“कसैले बोलाएन, त्यस कारणले म गइन । बोलाएको भए के हुन्थ्यो थाहा छैन ।” खनालले भने । एमालेलाई बोलाएको वा नबोलाएको भन्ने आफुलाई जानकारी नभएको खनालले बताए । “कसैले सुचना पनि गरेन, त्यसैले गइएन ।”
भारतीय विदेशमन्त्री सुशमा स्वराजसँग एमालेका तर्फबाट कसैको पनि भेटघाट नभएको बताउँदै खनालले भने, “भारत मित्रराष्ट्र भएकोले एमालेले भारतसँग आत्मिय र घनिष्ठ सम्बन्ध राख्न चाहन्छ ।”
तर भारतीय विदेशमन्त्री सुश्मा स्वराजले भेटघाटमा निम्तो नगरेकोप्रति आक्रोषित हुँदै खनालले आलोचना गरेका छन् । उनले भने, “भारतीय अधिकारीहरु के गर्छन्, बडा विचित्र छ ।”



प्रतिक्रिया दिनुहोस्