Logo

धरानमा दोश्रो क्रस कन्ट्रि माउण्टेन बाइक रेस प्रतियोगिता हुने



काठमाडौं, २८ साउन । धरानमा दोश्रो क्रस कन्ट्रि माउण्टेन बाइक रेस हुने भएको छ । नेशनल साइक्लिङ एसोसियसनले विश्व पर्यटन दिवसको अवससर पारेर भदौ ३१ गते धरानमा दोश्रो क्रस कन्ट्रि माउण्टेन बाइक रेस आयोजना गर्ने भएको हो।

खुल्ला समूह र अण्डर १९ उमेर समूह गरि दुई बिधामा सम्पन्न हुने प्रतियोगिताका विजयीले क्रमशः ५०, ३० र २० हजार नगद पुरस्कार प्राप्त गर्ने एसोसियसनका अध्यक्ष जिवन राईले जानकारी दिए ।

प्रतियोगितामा सहभागिताका लागि भदौ २५ गतेदेखि नाम दर्ता सुरु भैसकेको छ ।३० किलोमिटर दुरीको दोश्रो क्रस कन्ट्रि माउण्टेन बाइक रेसमा सहभागिताका लागि नेशनल साइक्लिङ एसोसियसनको फेसबुक पेजमा नाम दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ ।

एसोसियसनले गत वर्ष पनि विश्व पर्यटन दिवसकै अवसर पारेर प्रथम क्रस कन्ट्रि माउण्टेन बाइक रेस आयोजना गरेको थियो ।नेपालमा खेलकुद पर्यटनको सम्भावनालाई उजागर गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरेको एसोसियसनका अध्यक्ष राईले बताए ।



प्रतिक्रिया दिनुहोस्