Logo

गोपालमानले चिकित्सा शिक्षा विधेयक पास गराउने यसरी गरे चमत्कार



साउन २८, काठमाण्डौ । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दे अनशनमा बसेका डाक्टर गोविन्द केसीको प्रमुख मागका रुपमा रहेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदीय समितिले शुक्रबार पारित गरेको छ । लामो समयदेखि संसदमा अड्किएको विधेयक पारित गराउनमा शिक्षा मन्त्री गोपालमान श्रेष्ठको महत्वपूर्ण भूमिका रह्यो ।
माओवादी नेता श्रेष्ठ र कांग्रेस नेता थापाले बिहीबार शंखमुलस्थित एक निजी घरमा राति झण्डै १ बजेसम्म प्रकाशभक्त माथेमा, भगवान कोइरालालगायतसँग छलफल गरेर मध्यमार्गी बाटो निकालेका थिए । शुक्रबार बिहान बालुवाटारमा प्रधानमन्त्री देउवाको उपस्थितिमा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठसहित स्वाथ्यमन्त्री गिरिराजमणि पोखरेल, समिति सभापति झा र सदस्य तथा सांसद परियारका साथै डा. केसीका प्रतिनिधि पनि सहभागी थिए । उक्त छलफलले नै विधेयक पारित गराउने बाटो खुलाएको थियो ।
१९ दिन देखि अनशनमा बसिरहेका डाक्टर केसीको प्रमुख मागको रुपमा रहेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिको कार्यदलले बिहीबार तयार पारेको थियो।
तर डाक्टर केसीले भने अनशन तोड्ने अवस्था अझै नबनेको भन्दै सरकारी टोलीसँगै वार्ता गरिरहेका आफ्ना प्रतिनिधिलाई अनशनस्थलमा फिर्ता बोलाएका थिए ।
पहिले नै आसयपत्र लिएर भौतिक पूर्वाधार तयार पारिसकेका मेडिकल कलेजलाई सम्बन्धन दिने व्यवस्था गरिएको भन्दै डाक्टर केसी र उनका प्रतिनिधिले आपत्ति जनाएका हुन् । संसदीय कार्यदलले तयार पारेको विधेयकको मस्यौदाको अध्ययनपछि आफ्नो अनशन नरोकिने भन्दै डाक्टर केसीले विज्ञप्ति जारी गरेका छन् ।
यसअघि पटक पटक अनशन बसेर सरकारलाई दबाब दिए पनि माग पूरा भएको थिएन । तर शिक्षा मन्त्रालयसँग जोडिएको विधेयक मन्त्री श्रेष्ठको पालामा पारित भएपछि उनको कामको प्रशंसा गरिएको छ । सबै पक्षसँगको छलफलमा सहमति गराउन सफल बनेका मन्त्री श्रेष्ठले अस्थायी शिक्षकको माग पनि सम्बोधन गर्ने तयारी गरेका छन् ।
इमानदारिताका साथ काम गरिरहेका मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा देखिएका विकृति हटाउन कम्मर कसेर लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्