Logo

यूएईमा पंगेनी र गायिका प्रियाको धमाका, ‘भाउजुको हाईहाई छ’ले नचायो दर्शक



युएई, २८ साउन । चर्चित गायक बर्दी पंगेनी यतिबेला यूएइमा छन । जनताका गायक पंगेनी एक्लै यूएईमा छैनन् । उनिसँगै छिन सै पनि एमाले मै पनि एमाले बोलको गीत गाएर निकै चर्चामा आएकी गायिका प्रिया भण्डारी ।

प्रवासी नेपाली मञ्ज यूएइले आयोजना गरेको तिज विशेष कार्यक्रमका लागि गायक पंगेनी सहित गायिका भण्डारी यूएई पुगेकी हुन्। कार्यक्रममा गायक पङ्गेनीले अझै नि गणतन्त्र आको छैन है, रातो पछेउरी अनि तातो पछेउरी लगायतका गीतमा आवाज बुलन्द गरेर दर्शक उफारेका छन । पङ्गेनी र भन्डारीको आवाज रहेको सन्देश मुलक तिज गीत भाउजुको हाईहाई छ ले झन माहोल तताएको थियो ।

कलाकार गायक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीलाई नचिन्ने सायदै मानिस होलान । अब रह्यो प्रिया भण्डारीको बारेमा ।

प्रिया भण्डारी यस्तो कलाकार हुन जसले आफै गाउँने, आफै नाच्ने कला उनिमा छ । उनको स्वरमा तयार भएका अधिकांश गीत बजारमा राम्रै बिकेका छन् ।

उनी प्राय एकनारायण भण्डारीको लय शब्दमा गीत गाउछिन भन्दा अन्था नहोला । झुपडि पनि घरबार हुन्छ, झुमा, बुढिको फेशन, सोह्र वर्षे हो, मै पनि एमाले सै पनि एमाले जस्ता बहुचर्चित गीतकी मालिक पनि हुन प्रिया ।

समाजमा आएका नयाँ स्वर भन्दा भिन्न स्वर तथा हसिलो, रसिलो ईमान्दारीता, लगनशिलताको प्रतिमुर्ति भएरै होला छोटो समयमै प्रियाले ठुलै सफल्ता हात पारिन ।

प्रदेशीको पीडा र बेदनाको छायालाई झल्काउन खोजिएको गीतमा आफुलाई जन्म दिने बाआमालाई अपहेलना गर्ने कुसंस्कारको विकास हुँदै गएकोमा कलाकार चिन्तीत देखिएको भान हुन्छ ।

श्रीमानले प्रदेशमा पशिनासँग जवानी साटेर कमाएको कमाई स्वदेशमा श्रीमतिले हिफाजि गर्न नसकेकोमा यस्ता अराजकतालाई रोक्नको लागि खबरदारी दिएका छन् ।

एकनारायण भण्डारीको लय शब्दमा तयार भएको गीतको भिडियो निर्देशन शंकर विसीले गरेका छन् । राजेश घिमीरेको छायांकन तथा नविन घर्ती मगरको सम्पादनमा तयार भएको गीतमा शंकर बिसी र गायिका प्रिया भण्डारी कै रहेको छ ।



प्रतिक्रिया दिनुहोस्