Logo

बाढीले देशभरको जनजीवन प्रभावित : अहिलेसम्म दुई दर्जनको मृत्यु



साउन २८, काठमाण्डौ । देशैभर बाढीपहिरोले प्रभावित भएको छ । केही दिनअघिदेखि परेको वर्षात्ले जनजीवनप्रभावित परिरहेकोमा शुक्रबार रातिदेखि अविरल वर्षासँगै बाढीले आतंक मच्चाएको छ । गहमन्त्रालयका अनुसार शनिबार विहानसम्म बाढी र पहिरोमा परेर २३ जनाको ज्यान गएको छ भने चार जना हराइरहेका छन् ।
बाढीले सडक यातायात पनि प्रभावित बनेको छ । पश्चिम नेपालका तीनवटा पक्की पुलहरु बगेका छन् । गृहमन्त्रालयले सुचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जिल्ला पूर्णरुपमा डुबानमा परेको जनाएको छ । त्यसगरी राप्ती नदीपारिको वस्तीसमेत डुबेको गृहले जनाएको छ ।
अहिलेसम्मको विवरण अनुसार सुनसरीमा ६, सिन्धुलीमा ४, बाँकेमा ४, झापामा १ र मोरङमा १ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै पाँचथरमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको थियो ।


शनिबार बिहानसम्म प्राप्त विवरण अनुसार सुनसरीको इटहरी उपमहानगरपालिकामा बाढीले बगाउँदा वालवालिका र वृद्धसहित ६ जनाको शव फेला परेको छ । त्यस्तै इटहरीमा नेपाली सेनाको पूर्वी पृतनासमेत डुबानमा परेको छ भने बजार जलमग्न बनेको छ ।
मोरङको केराबारी ९ कुसुमे गौडामा लोहोन्द्रा खोलाले बगाउँदा स्थानीय को मृत्यु भएको छ । रातिको बाढीले कुसुमेका ४ घर बगाएको छ भने देवीझोडा, बेलचौरीमा क्षति र्पुयाएको छ । मोरङको सुन्दर हरैंचामा वृद्धाश्रममा रहेका ३ जना ज्येष्ठ नागरिकलाई बगाएर बेपत्ता बनाएको छ ।
बिराटनगर महानगरपालिका पूरौ जलमग्न देखिएको छ भने विमानस्थलमा सुरक्षा गार्डको आवाससमेत डुबेको छ ।


मोरङ जिल्लामा करिब १५ सयभन्दा बढि घरहरु डुबानमा परेको बताइएको छ ।
झापामा पनि बाढीले ठूलो मात्रामा जमिन र घरहरु डुबानमा पारेको छ । झापामा बाढीका कारण एकको मृत्यु भएको छ भने दुईजना बेपत्ता बनेका छन् ।
सिन्धुलीमा पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु भएको छ । दाङमा बबईको बाढीले तुल्सीपुर बजारलाई डुबानमा पारेको छ भने राजमार्ग भत्किँदा घोराहीसँगको सम्पर्क विच्छेद भएको छ ।

बाँकेको गाँवर खोलामा आएको बाढीका कारण एकै घरका ३ सहित चारजनाको मृत्यु भएको छ । बाढीले गावर खोलाको पुलसमेत बगाएको छ ।
यता गृह मन्त्रालयले उद्धार कार्यलाई तिब्रता दिइएको दाबी गरेको छ । बाढी प्रभावित सबै ठाउँमा सुरक्षा निकायहरु परिचालन गरिएको मन्त्रालयले दाबी गरेको हो । मन्त्रालयले आजै सार्वजनिक अपिलमार्फत उद्धारमा सहयोग पु¥याउन आग्रह गरेको छ ।
तर मन्त्रालयको कदम प्रभावकारी देखिएको छैन । मौषमविद्हरुले अझै केही दिन वर्षात् नरोकिने भन्दै सतर्क रहन सुझाएका छन् ।



प्रतिक्रिया दिनुहोस्