Logo

बाढी र पहिरोमा परि ३० को मृत्यु, तराईका अधिकांश भाग डुबानमा-फोटोफिचर



काठमाडौं, २८ साउन । देशभर भारी वर्षाले बाढी, पहिरो र डुबानले ३० जनाको मृत्यु भएको छ । गृहमन्त्रालयले विभिन्न जिल्लाको मानवीय र भौतिक क्षति संकलन गरेर हालसम्मको मृतकको तथ्यांक सार्वजनिक गरेको हो । मृतकको विवरण आउन बाँकी हुनाको साथै दर्जनौं वेपत्ता भएकाले मृतकको संख्या बढ्न सक्ने देखिन्छ ।

शुक्रबार साँझबाट परेको पानीले पु¥याएको क्षति विवरण अनुसार मर्नेहरुमध्ये अधिकांश पूर्वी तराईका छन् । गृह मन्त्रालयका अनुसा सबै भन्दा बढि मानविय क्षेतीद सुनसरीमा भएको छ । सुनसरीमा ७ जनाको ज्यान गएको छ।

त्यस्तै झापामा ४, सिन्धुलीमा ४, मोरङमा ३, बाँकेमा ३, पाँचथरमा ३, बारामा १,सर्लाहीमा १, दाङमा १, पाल्पामा १ र बर्दियामा १ गरी देशैभरी करिब ३० जनाको मृत्यु भएको छ । त्यस्तै कयौं वेपत्ता छन् भने मृत्यु हुनेको संख्या बढ्ने देखिएको छ ।

विराटनगरमा वर्षाका कारण आएको बाढीले डुबानको समस्या परेको छ । विराटनगर विमानस्थल जलमग्न भई ताल जस्तो भएको छ । डुबानका कारण विमानस्थल अवरुद्ध भएको छ । त्यहाँ पुगेको विमान उड्न सकेको छैन भने काठमाडौंबाट विराटनगर जाने आउने यात्री रोकिएका छन् ।

विराटनगरमा आवश्यक पानी नपर्दा कतिपय स्थानमा धान रोपाई समेत हुन सकेको थिएन । एकैपटक भारी वर्षाले कृषकहरु समेत समस्यामा परेका छन् ।

पूर्वमेची देश महाकालीसम्मका प्राय जिल्लामा आवत जावतमा अवरोध सिर्जना भएको छ । यातायताका साधन चल्न सकेका छैनन् । बीच बाटोमा अलपत्र परेका छन् ।घरपालुवा जनावर कति मरे भन्ने अहिलेसम्म एकिन जानकारी छैन् ।



प्रतिक्रिया दिनुहोस्