Logo

अविरल वर्षाले देशभर जनधनको क्षति बढ्न थालेपछि प्रधानमन्त्री देउवाले बोलाए आपतकालिन बैठक



साउन २८, काठमाण्डौ । देशभर भारी वर्षात् बाढी पहिरोको प्रकोप बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आपतकालिन बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले रक्षामन्त्री र गृहमन्त्रीसहित सुरक्षा अंगका सबै निकायका सबै निकायको आपतकालिन बैठक बोलाएका हुन् ।

राहत र उद्धारलाई तिब्रता दिएर जनधनको क्षति न्युनिकरण गर्नका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठक बस्न लागिएको गृह मन्त्रालयका प्रवक्ता दिपक कार्कीले बताए । रिपोर्टर्स क्लबसँग कुरा गर्दै प्रवक्ता कार्कीले साँझ साढे सात बनेका लागि बैठक बोलाइएको जानकारी दिए ।
बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसहित अन्य सम्बन्धित निकायका व्यक्तिलाई बोलाइएको छ ।

शुक्रबार रातीदेखि देशैभर अविरल वर्षा हुँदा अहिलेसम्म करिब ३० जनाको ज्यान गइसकेको छ भने विस्थापित हुनेको संख्या यकिन भैसकेको छैन । यसैगरी मुलुकभरका विभिन्न सडक संजाल अस्तव्यस्त भएको छ ।
कतिपय ठाउँमा संचार समेत विच्छेद हुँदा उद्धार गर्न कठिन भएको छ ।



प्रतिक्रिया दिनुहोस्