Logo

त्रिवेणी गजल सन्ध्यामा निश्चल, वास्तविक र संगम



काठमाडौ,२८ साउन । गजलकार वेगम थापा निश्चल, धनराज वास्तविक र लक्ष्मण संगम राजधानीको एक कार्यक्रममा गुन्जिएका छन् ।  कुसेन्युज डटकमले आयोजना गरेको त्रिवेणी गजल सन्ध्यामा प्रदेश नम्बर ५, प्रदेश नम्बर ६ र प्रदेश नम्बर ७ का तीन जना गजलकार एकै साथ राजधानीको अनामनगर स्थित सम्वाद डवलीमा गुन्जिएका हुन ।

कार्यक्रममा अथिति गजलकारले करिब एक दर्जन गजल वाचन गरेका थिए । उनिहरुका गजलमा देशप्रेम, मायाप्रेम र बिद्रोही चेत भरिएको थियो ।  त्यस्तै पूर्ण समीर महतारा, कपिल अन्जान, संगीता थापा, सुनिता सापकोटा, दिग्गज धौरालीले आफ्ना एक–एक गजल वाचन गरेका थिए।

राजधानीको अनामनगर स्थित समवाद डवलीमा आयोजित कार्यक्रम कुसे न्युजका संयोजक भौतिक मल्लको संयोजकत्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन क्षितिज समर्पणले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्