Logo

देशभरीका जनता बाढीबाट आक्रान्त, एउटा घरमा १ सयभन्दा बढि थुनिए, राजनीतिक दल रमिते



साउन २८, काठमाण्डौ । जनताका हक अधिकारका लागि राजनीति गरेको भन्ने नेपाली राजनीतिक दलहरु देशैभरी बाढीपहिरोले जनधनको क्षति पु¥याइरहँदा मौन देखिएका छन् । राजनीतिक विषयवस्तुमा निकै छिटो प्रतिक्रिया जनाउने र विवादमा उत्रने दलका नेताहरु जनताले पाएको सास्तीप्रति मौन वस्नुले उनीहरुको जनमुखी एजेण्डा प्रष्ट देखिएको छ ।
वर्षाले विशेषगरी तराई मधेशका जनता धेरै पीडित छन् । तर मधेशी जनताको हक हितका लागि राजनीतिक मुद्दा अघि सारेर देशलाई नै बन्धक बनाउने मधेशवादी दल तथा तिनका नेता जनताले पाएको दुःखप्रति भने बेखबर जस्तै छन् ।
केही दिनदेखि परेको अविरल वर्षाले ३३ जनाको ज्यान गइसकेको छ । तर कुनै पनि राजनीतिक दलले प्रभावकारी कदम चाल्न सकेका छैनन् । राजनीतिक अभिष्ट पूरा गर्न अनेक नाममा भातृ संगठन खोल्ने र तिनलाई प्रयोग गर्ने दलहरु अहिले भने जनताले पाएको दुःखमा रमिते बनिरहेका छन् ।
एउटा घरमा १ सयभन्दा बढि थुनिए
प्रधानमन्त्री कार्यालयमा बसेको प्रधानमन्त्री सहितको आपतकालिन बैठकमा गृहमन्त्री जनार्दन शर्माले देशभरीको क्षतिको विवरया ब्रिफिङ गराएका छन् ।
रक्षामन्त्री भिमसेनदास प्रधानले दिएको जानकारी अनुसार झापाको एउटा घरमा १ सयभन्दा बढि नागरिक आश्रय लिएर बसेका छन् । उद्दारका लागि हेलिकप्टर गएपनि मौसमी प्रतिकुलताका कारण उद्धार हुन नसकेको मन्त्री प्रधानले बताए ।



प्रतिक्रिया दिनुहोस्