Logo

चितवनको पर्सा बजार अविरल वर्षाका कारण डुबानमा ( फोटो फिचर)



साउन २९, काठमाण्डौ । चितवनको पर्सा बजार अविरल वर्षाका कारण डुबानमा परेको खबर आएको छ ।

चितवनबाट पर्सामा बाढी पीडितलाई उद्दार गर्न गएका कृष्ण पौडेलका अनुसार राप्ती नदीमा आएको बाढीले पर्सा बजार डुबानमा परेको हो । अहिले नारायणगढबाट उद्दारका लागि नेपाल विद्यार्थी संघको नेतृत्वमा सर्वसाधारणसहित व्यवसायीहरु समेत उद्दारमा खटिएको पर्वतका नेपाली कांग्रेसका नेता समेत रहेका पौडेलले जानकारी दिए ।

चितवनको नारायणगढबाट २० किलोमिटर पूर्वमा पर्ने पर्सा बजार जिल्लाको मुख्य बजार मानिन्छ ।
वर्षात्का बेला नारायणगढको खतरा मानिने नारायणी नदी भने सामान्य अवस्थामा रहेको पौडेलले बताए । यस पटकको अविरल वर्षाले राप्ती नदीमा ठूलो बाढी आएपछि त्यस नदी वरपरका क्षेत्र डुबानमा परेका छन् ।

पूर्वी चितवनमा पनि विजुली आपूर्ति ठप्प भएको त्यहाँबाट कृष्ण पौडेलले जानकारी दिएका छन् । नारायणगढबाट उद्धार टोलीसहित पुगेका पौडेलका अनुसार विद्युत आपूर्ति बन्द हुँदा संचार समेत विच्छेद हुने खतरा बढेको छ ।

तस्विर : कृष्ण पौडेल, चितवन, पर्सा



प्रतिक्रिया दिनुहोस्