Logo

कोशी बाँधको ढोका खुलाउने परराष्ट्रमन्त्री महराको प्रयासमा भारत बाधक



साउन २९, काठमाण्डौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महाराले कोशी व्यारेजको ढोका खोल्न भारतीय पक्षलाई पटक पटक आग्रह गर्दा पनि सफल हुन सकेको छैन । मन्त्री महराले हिजैदेखि बाँधको ढोका खोलेर बाढी प्रभावित नेपाली नागरिकलाई राहत प्रदान गर्ने प्रयास गरे पनि भारतीय पक्षले बाँधको ढोका खोल्न नमान्दा कोशी बाँध पीडितले राहत पाउन सकेका छैनन् ।

मन्त्री महराले शनिवार नेपालका भारतीय राजदुत मञ्जीत पुरीलाई टेलिफोन गरी टेलिफोन गरेर बाँधको ढोका खोलिदिन आग्रह गरेका थिए । महराले पुरीसँगको टेलिफोन वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष समस्या सुनाएर ढोका खोल्ने वातावरण बताउन प्रयास गरे पनि प्रयास सफल हुन नसकेको हो ।
महराले परराष्ट्र सचिव शंकरदास वैरागीलाई समेत भारतीय विदेशमन्त्रीसँग बाँध खुलाउन आग्रह गर्न लगाएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि परराष्ट्रमन्त्री महरालाई बाँधको ढोका खुलाउनका लागि अझ प्रभावकारी पहल गर्न निर्देशन दिएका थिए । तर भारतीय पक्षले चासो नदिदा सचिव, मन्त्री र प्रधानमन्त्रीको पहल सफल हुन सकेन ।
पछिल्लो समय प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन सम्पर्क गरी बाँधको ढोका खोल्न आग्रह गर्ने प्रयास गरे पनि सम्पर्क हुन सकेको छैन ।
मन्त्री महराले भारतीय पक्षसँग बाँधको ढोका खोल्न गरेको प्रयासको बारेमा ऋषि धमलाको कार्यक्रम धमलाको हमलामा खुलासा गरेका छन् । कार्यक्रम आज बेलुका ८ : ५ बजे हिमालयन टेलिभिजनमा प्रशारण हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्