Logo

बाढी पीडितको पक्षमा एमालेले संसदमा गरायो जरुरी सार्वजनिक महत्वको विषय दर्ता



साउन २९, काठमाण्डौ । नेकपा एमालले बाढी पहिरोले जनधनको क्षति बढ्दै गएपछि संसदमा जरुरी सार्वजनिक महत्वको विषय दर्ता गरेको छ । सरकारलाई उद्धार र राहतका लागि दबाब दिनका लागि संसदमा प्रवेश गरेको एमालेका नेता भीम रावलले जानकारी दिए । रावल आफैले नै प्रस्ताव गरेको विषयलाई सासंदहरु ऋषिकेश पोखरेल, शत्रुधन महतो र कृष्णभक्त पोखरेलले समर्थन गरेका छन् ।

प्रस्तावमा बाढी पहिरोले नागरिकको ज्यान गएको र लाखौँ जनता विस्थापित भएकाले प्रस्ताव दर्ता गराइएको रावलको भनाई छ । तराई क्षेत्रमा डुबानको समस्या बढ्दै गएकाले राहत, उद्धार लगायतका कार्यलाई तिब्रता दिन सरकारको ध्यानाकर्षण समेत गराइएको नेता रावलले भने । बाढीबाट भाइते भएकालाई उपचारको व्यवस्था र विस्थापितलाई खाने र वस्ने व्यवस्था गर्नु अत्यन्त जरुरी देखिएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा रावलले जोड दिए ।
रावलले नेपाल भारत सिमानामा बनाइएका बाँध र तटबन्धले नेपालीलाई दुःख दिएकाले अब दीर्घकालिन रुपमा समस्या समाधानका लागि सरकार अग्रसर हुनुपर्ने रावलको तर्क छ । दुई देशबिचको समन्वयमा नीतिगत परिवर्तन गर्नका लागि ध्यानाकर्षण प्रस्तावको रुपमा जरुरी सार्वजनिक महत्वको विषय दर्ता गरिएको रावलको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्