Logo

बागमतिको तटबन्ध भत्किदा २७ गाविसमा बाढी पस्यो



साउन २९, काठमाण्डौ । सर्लाही जिल्लाको बागमति नदिमा बनाइएको तटबन्ध भत्किदा दर्जनौ वस्ती डुबानमा परेका छन् । तटबन्ध भत्किदा जिल्लाका रामनगर गाउपालिका र बलरा नगरपालिकाका गाउँहरु प्रभावित भएका छन् । तटबन्ध भत्किदा आसपासका वस्तीहरु प्रभावित भएको राष्ट्रिय जनता पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार त्यस क्षेत्रका २७ वटा गाविसका स्थानीयवासी पूर्ण रुपमा प्रभावित भएको चौधरीले दिए ।
सर्लाहीको निर्वाचन क्षेत्र नं ६ मा पर्ने बागमति तटबन्ध, जुन मैनापुर नजिकै रहेको छ । उक्त तटबन्ध भत्किएर आएको बाढीले केहीको मृत्यु समेत भएको बनाइएको छ । बागमती नदीले मत्सरी, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा र आसपासका खेतहरु कटान गरेको छ ।
यस्तै लालबकैया नदीमा पानीको बहाव बढेका कारण बन्जरहा, इनर्वा, लक्ष्मीनिया, मर्यादपुर, कटहरीया, बसन्तपट्टी, तेजापाकडमा बाढी पसेको छ ।

यसैगरी फतुवामहेशपुर, राजपुर, जिंगडवा, मलाही टोल, पोठियाहीमा डुबानमा पारेको छ । गरुडा क्षेत्रसँगै चन्द्रनिगाहपुर र सन्तपुर मैढा कटानीका बस्तीमा पनि बाढी पसेको छ ।
रौतहट सदरमुकाम गौरको पूर्व र पश्चिम दुवैतर्फ रहेका दुई ठूला नदीमा लगातार पानीको बहाव बढेको छ ।



प्रतिक्रिया दिनुहोस्