Logo

टेलिकमले ग¥यो पत्रकारलाई सम्मान, सेवा प्रभावकारी बनाउन संचारमन्त्रीको टेलिकमलाई निर्देशन



साउन २९, काठमाडौँ । नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको एक सय वर्ष पूरा (२०७४ जेठ १ गते) भएको उपलक्ष्यमा नेपाल टेलिकमले तीनजना पत्रकारलाई सम्मान गरेको छ ।
टेलिकमले यहाँ आज एक समारोहबीच नागरिक दैनिकका संवाददाताद्वय सन्तोष न्यौपाने (काठमाडौँ) र सन्तोष पोखरेल (पोखरा) लाई जनही रु १५ हजारसहित तथा गोरखापत्र दैनिकका विश्वास रेग्मीलाई रु ३० हजार नगदसहित पुरस्कृत गरेको छ ।


पुरस्कार छनोट समितिले प्राप्त सामग्रीको तथ्यपरकता, सन्तुलन, विश्वसनीयता, विषयवस्तुको सान्दर्भिकता, भाषालगायतका आधारमा मूल्याँकन गरी समाचार सामग्री छनोट गरेको टेलिकमले जनाएको छ । सोही अवसरमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सधैँभरि गुणगानका मात्र समाचारभन्दा पनि आलोचनात्मक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।


मन्त्री बस्नेतले जनताले तत्काल प्रतिफल पाउने गरी काम गर्न टेलिकमलाई निर्देश गरे । “काम गर्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्ने परिपाटी बसाल्नुपर्छ”, उनले भने ।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा टेलिकमका अध्यक्ष महेन्द्रमान गुरुङले मुलुक बाढी र पहिरोको विपत्मा परेको अवस्थामा जिम्मेवारीपूर्ण ढङ्गबाट समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई अपिल गरे ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले राज्यका निकायलाई सचेत बनाउन पत्रकारिताको आचारसंहिताभित्र रहेर आलोचनात्मक समाचार सम्प्रेण गर्न आग्रह गरे । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले टेलिकमले चालु आर्थिक वर्ष २०७४÷७५ मा जिएसएम, सिडिएमए, इन्टरनेट सेवा, ग्राहक सेवा र सेवाको गुणस्तर सुधारलगायतका कार्य गर्ने जानकारी दिइन् ।

विसं २०७४ जेठ मसान्तसम्ममा कम्पनीको टेलिफोन ग्राहक आधार एक करोड ७४ लाख ४२ हजार ९२२ रहेको छ । इन्टरनेट ग्राहक आधार २०७४ जेठ समान्तसम्ममा ८३ लाख ९५ हजार रहेको छ । रासस

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्