Logo

संविधान संशोधन प्रस्तावप्रति राजपा सशंकित, मंगलबार संसदमा पेश गर्ने देउवाको आश्वासन



साउन २९, काठमाण्डौ । सरकारले मंगलबार सविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्ने आश्वासन राष्ट्रिय जनता पार्टीलाई दिएको छ । तर राजपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई पेश गर्ने भन्ने कुरा विश्वास नलागेको भन्दै दबाब दिएको छ ।
शनिवार नै संशोधन प्रस्ताव पेश गर्ने अपेक्षा गरे पनि सरकारले नगरेका भन्दै राजपाका नेताहरुले अविश्वास व्यक्त गरेका हुन् ।
यस्तै सरकारले नयाँ मतपत्र छापेर भएपनि राष्ट्रिय जनता पार्टीलाई एउटा चुनाव चिन्ह दिन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
राजपाका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका नेता र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई संयुक्त रुपमा भेटेर चुनाव चिन्ह माग गरेका हुन् ।
निर्वाचन आयोगले राजपाले मागेको छाता चुनाव चिन्ह कानुन संशोधन नभएसम्म दिन नसकिने बताएको छ । बैठकमा सत्तारुढ दलका नेताहरुले नयाँ मतपत्र छापेर एउटै चुनाव चिन्ह दिन आयोगलाई आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्