Logo

कलाकारले गरे सहयोगको यस्तो घोषणा



काठमाडौँ, ३० साउन ।  अविरल बर्षाले डुबानमा परी जनधनको क्षति व्यहोरेका पूर्वी नेपालका बाढी पीडितको सहयोगार्थ बलाकारहरुले राहत अभियान सुरु गरेका छन् ।कलाकारहरुले फेसबुकमार्फत आर्थिक सहयोगको घोषणा गरेका छन् ।

सितारामा कट्टेल धुर्मुसले आफ्नो संस्था धुर्मुस सुन्तली फाउन्डेसनमार्फत महोत्तरीबाट बाढी पीडितका लागि औषधि, खाद्यान्न र त्रिपालसहित अन्य राहतको सहयोग सुरु गरेका छन् ।

महोत्तरीदेखि झापासम्मका क्षेत्रमा पुगेर जनतालाई सहयोग गर्ने धुर्मुसले बताए । नायिका पूजा शर्माले एक लाख सहयोग गर्ने घोषणा गरेकी छन् ।

 

त्यस्तै, दीपकराज गिरीले एक लाख, दीपाश्री निरौलाले ५१ हजार र प्रियंका र्काीले ५१ हजार सहयोगको घोषणा गरेका छन् । अन्य कलाकारहरु पनि सहयोगमा जुटेका छन् । आजको नागरिकमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्