Logo

स्वास्थ्यमन्त्री भन्छन्, “अस्पताल र औषधि सबै डुबानमा, महामारी रोक्न चुनौति”



साउन ३०, काठमाण्डौ । स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले बाढी प्रभावित क्षेत्रमा रोगको महामारी फैलिन नदिनका लागि सरकार सचेत रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री पोखरेलले बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन नदिनका लागि औषधि निः शुल्क उपलब्ध गराउने बताएका छन् ।
विराटनगर, झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, जनकपुर, रौतहट लगायतका अति प्रभावित क्षेत्रलाई केन्द्रित गरेर स्वास्थ्य उपचारको व्यवस्था गरिने मन्त्री पोखरेलले बताएका छन् । कतिपय स्थानमा अस्पताल र औषधि नै डुबेकाले सेवा प्रवाह गर्न समस्या भएको पोखरेलले बताए ।
सुक्ष्म व्यवस्थापनका लागि सरकारले योजना बनाएको बताउँदै पोखरेलले भने, “बनेका खानेकुराबाट पाकाएर खाने अवस्था मिलाउनुपर्छ । भाँडाकुडा छैन । बस्ने ठाउँ छैन । आश्रयस्थल छैन । यि सबै कुरालाई सुक्ष्म व्यवस्थापन गर्न हाम्रो पाइला चल्छन् ।”

 



प्रतिक्रिया दिनुहोस्