Logo

संविधान संशोधन प्रस्तावले देउवा अप्ठ्यारोमा, ससंदमा पेश गर्दा बहुमत नपुग्ने, नगर्दा राजपा चिढिने



साउन ३०, काठमाण्डौ । भोली मंगलबार संसदमा संविधान संशोधनको प्रस्ताव पेश गर्ने भनिए पनि दुई तिहाइ बहुमत नपुग्ने भएपछि प्रधानमन्त्री अप्ठ्यारोमा परेका छन् । नेकपा एमालेले संविधान संशोधनको प्रस्तावमा मत जाहेर नगर्ने भएपछि सरकारको प्रस्ताव फेल हुने निश्चित जस्तै छ । तर राष्ट्रिय जनता पार्टीसँगको सहमति अनुसार देउवाले प्रस्ताव संसदमा पेश गर्नुपर्ने बाध्यता । राजपाले पनि मंगलबार संविधान संशोधनको प्रस्ताव पेश नभए चुनावमा भाग नलिने अडान दिएको छ । प्रस्ताव संसदमा पेश गर्न नसके राजपासँगको सहमति तोडिने भएकाले देउवा अप्ठ्यारोमा परेका हुन् ।


अर्कोतिर मुलुकभरका जनता बाढीबाट पिडित भएकाले देउवा थप संकटमा छन् ।
यसबिचमा पनि सरकारले प्रस्ताव संसदमा पेश गर्ने तयारी भने गरेको छ ।
मंगलबार बस्ने संसद बैठकमा विधेयक अघि बढाउने सरकारको तयारी छ । प्रक्रिया अनुुसार विधेयकमा परेका संशोधनमाथिको छलफल सकिएपछि निर्णयार्थ पेस गरिन्छ । संशोधन विधेयक पारित हुन दुईतिहाइ बहुमत चाहिन्छ । यसअघि वैशाख १७ गते संविधान संशोधन विधेयक निर्णयार्थ पेस गर्ने सरकारको तयारी रहे पनि राप्रपाका १० जान सांसद अनुपस्थित भएपछि विधेयक अघि बढेको थिएन ।

अहिले पनि संविधान संशोधनका पक्षमा दुईतिहाइ बहुमत पुग्न कठिन छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन विधेयक जसरी पनि संसदमा निर्णयार्थ पेस गर्न दबाब दिएपछि सरकार तयार भएको हो ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम