Logo

मधेसलाई माइनस गरेर नेपाल-भारत सम्बन्धको कल्पना नगर्नुहोस्: त्रिपाठी



काठमाडौं, साउन ३०। राष्ट्रिय जनता पार्टी नेपालका नेता हृदयश त्रिपाठीले नेपाल र भारतबीचको आन्तरिक सम्बन्धमा सुधार गर्नुपर्ने बताका छन्।

भारतको ७०औं स्वतन्त्रता दिवसको पूर्वसन्धामा रिपोर्टर्स क्लब नेपालमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, ‘भारतलाई नेपालले ईतिहासमा धेरै चोटि प्रयोग गरेको छ, कुनै बेला राणाको बिरुद्धमा राजा भारत गए, त्यतिबेला राणाले हस्तक्षेप भन्यो, त्यसपछि राणा शासन सकियो, त्यसपछि राजतन्त्र ढलाउन कांग्रेसले भारतसँग साथ माग्यो त्यति बेला भारतलाई राजाहरुले हस्तक्षेपको आँखाले हेरे नेपालको राजनीति यसरी चलेको छ।’ यहाँ एकले अर्कोलाई हस्तक्षेपको आरोप लगाएर समस्याको समाधान हुन्न। नेपाल भारत सम्बन्ध यस्तो किसिमको छ यसलाई कसैले चाहेर पनि तोड्न सक्दैन त्यसैले यो सम्बन्ध जनस्तरको सम्बन्ध हो।

दिल्ली र काठमाडौले सम्बोधन गरेर सम्बन्ध दिगो हुन्न। मधेसलाई बेवास्था गरेर गरिएको कुनै पनि सम्बन्ध जनस्तरको हुन्न त्यो नेताहरूको मात्र हुन्छ। त्यसैले मधेसलाई सम्बोधन गरेर सम्बन्धलाई प्रगाढ बनाउनुपर्छ।

नेता त्रिपाठीले स्थानीय तहको निर्वाचन पछि स्थिर राजनीति र विकासले गतिलिन्छ भन्ने कुरा बेतुकको संज्ञा दिएका छन्।

उनले भने, ‘संविधानमा अनेकन त्रुटीहरु छन्, सच्याउनको लागि कांग्रेस, एमाले र माओवादी केन्द्र तयार हुनैपर्छ। त्यो उनीहरूका लागि अवसर पनि हो, तर सच्याउन चहाँदैनन्, हेरौला माघपछि देशमा स्थिर राजनीति हुन्छ या अरु केही हुन्छ, माघ अघि सबै तहको निर्वाचन गर्न सक्ने यो सरकारको छाट छैन।, हामीलाई हाम्रो देशको लागि संविधान चाहिएको हो, हाम्रो देशमा विश्व उत्कृष्ट संविधान बन्छ बिडम्बना केही समयमै मर्छ।’

यथास्थितिमा निर्वाचनमा भाग नलिने अडान गर्दै आएको मोर्चाका नेता त्रिपाठीले बाढी डुवानले मधेश डुबेको भन्दै त्यसालई तत्काल समस्याको समाधान खोज्नुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस्