Logo

बाढि प्रभावित क्षेत्रमा पुगेका मन्त्री र प्रधानमन्त्रीलाई पिडितको प्रश्न खै हामीलाई खानेकुरा र लगाउने लुगा, देउवा यसरी चुप भए ।



साउन ३०, काठमाण्डौ । बाढी पिडित क्षेत्रमा स्थलगत अवलोकनका लागि गएका प्रधानमन्त्री शेरबहादुर देउवाप्रति बाढी पिडितले आक्रोष पोखेका छन् । आफुहरु खुला आकाशमुनी भोको पेटमा बाँच्न बाध्य भएका बेला प्रधानमन्त्री खाली हात अवलोकनका लागि आएर कुनै राहत नभएको भन्दै पिडितले आक्रोष पोखेका हुन् ।
सोमबार तराईका विभिन्न स्थानका बाढी पिडितको अवस्था बुझ्न अन्य मन्त्रीसहितको टोली लर्को लागेर आएकोे देखेका पिडितले राहत पाउने अपेक्षा गरे पनि केही नपाएपछि दुखित भएका हुन् । पिडितहरुले किन रित्तो हात आएको? हामी कहाँ बस्ने? भनेर प्रश्न गर्दा प्रधानमन्त्रीले कुनै जवाफ दिन सकेनन् ।
खै हामीलाई खानेकुरा भनेर पिडितले प्रश्न गर्दा प्रधानमन्त्री देउवाले पिडा महसुश त गरे तर कुनै जवाफ दिन सकेनन् ।
पिडितहरुले गृहमन्त्री जनार्दन शर्मालाई बस्ने ठाउँको बन्दोवस्त मिलाइदिन आग्रह गरे पनि मन्त्री शर्माले कुनै जवाफ दिन सकेनन् । खानेपानीको समेत हाहाकार मच्चिएको बाढी प्रभावित क्षेत्रमा गएका प्रधानमन्त्रीसहित सबै मन्त्री पिडितको गुनासो सुनेर मुकदर्शक बनेका थिए ।
बाढी प्रभावित विभिन्न क्षेत्रको भ्रमण गर्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले इटहरीको गैरीगाउँका बाढी पीडितलाई सम्बोधन गर्दै बाढी पीडितका लागि तत्काल राहत र दीर्घकालिन बासका लागि सरकारले विषेश कार्यक्रम ल्याउने बताएका थिए ।
देउवाले इटहरीको बुढी खोला र शेरा खोलाको बाढी नियन्त्रणको दीर्घकालीन समस्या समाधानका लागि सरकारले तत्काल पहल थाल्ने बताए ।

नेपाली सेनाको पूर्वी पृतना मुख्यालयमा प्रधानमन्त्रीले सुरक्षा प्रमुखहरुसँग बाढीको क्षति र तत्काल गर्न सकिने कामका बारेका छलफल गरेका थिए । त्यस क्षेत्रका पीडितहरुले पनि देउवालाई गास र वासको लागि आग्रह गरेका थिए । गृहमन्त्री जनार्दन शर्माले बाढी पीडितका लागि तत्काल राहतको ब्यावस्थाका लागि ड्राईफुडको प्याकेजको ब्यावस्था गर्ने बताए ।
यसैबीच उपप्रधान संघीय मामिला तथा स्थानिय विकास मन्त्री विजय गच्छदार र बाणीज्यमन्त्री मीन विश्वकर्मा लगायतले सुनसरी जिल्लाको बाढी प्रभावित क्षेत्रको निरिक्षण गरे । जिल्ला प्रशासन कार्यालयमा उनीहरुले बाढी पीडितका लागि सुरक्षित बास र तत्काल राहत कसरी उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा छलफल समेत गरे ।



प्रतिक्रिया दिनुहोस्