Logo

चीनका उपप्रधानमन्त्री वाङ राजधानीमा, भोलिबाटै महत्वपूर्ण भेटवार्ता सुरु गर्ने



काठमाडौं, ३० साउन । चिनियाँ उपप्रधानमन्त्री तथा कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आई पुगेको छ। पाकिस्तानको स्वतन्त्रता दिवसमा सहभागी भएर उनी काठमाडौं आइपुगेका हुन् ।

कस्तो छ भ्रमण तालिका

१.काठमाडौं आएलगत्तै आफ्ना दूतावास अधिकारीसँग नेपाल–चीन सम्बन्ध र यहाँको पछिल्लो विकास प्रक्रियामा चीनको सहभागितालगायतका विषयमा आन्तरिक छलफल

२ मंगलबार बिहान वसन्तपुर दरबार पुन निर्माणको शिलान्यास, भूकम्पले क्षतिग्रस्त उक्त नौतले दरबार पुनर्निर्माणमा चीनको अनुदान सहयोग छ

३ पुनर्निर्माणमा चिनियाँ सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

४ मंगलवार नै उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको टोलीसँग छलफल, छलफल २०७२ चैतमा चीनसँग भएका पारवहन तथा अन्य सम्झौता कार्यान्वयन र सहयोगबारे केन्द्रित रहने

५ बेल्ट एन्ड रोड इनिसिएटिभ्स बीआरआई मार्फत सहयोग गर्ने विषयमा छलफल गर्ने

६  बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट

७ प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट
अन्य साना दलका नेता तथा मधेस केन्द्रित दलसँग राजनीतिक भेटवार्ता हुनेछ ।

८ भेटघाट सकेर बुधबार नै उनी स्वदेश फर्कने छन् ।



प्रतिक्रिया दिनुहोस्