Logo

भारतका सिमासंग जोडिएका तटबन्ध खोल्न लाचारी देखाइरहेको छ सरकार : अध्यक्ष वम



काठमाडौँ, ३० साउन । देश यति वेला प्राकृतिक प्रकोप (बाढी, पहिरो) ले गर्दा देश नै अक्रान्त बनेको छ । पहाडमा गएको लगातारको पहिरो र तराईमा गएको बाढीले हालसम्म झण्डै चार दर्जन भन्दा बढी नागरिकको ज्यान गइसकेको अवस्थामा नेपाल सरकारले राहत र उद्धारको कार्यमा आफ्नो चाललाई धिमी बनाइरहेको छ , भारतका सिमासंग जोडिएका तटबन्ध खोल्न लाचारी देखाइरहेको भनि शिवसेना नेपाल पार्टीले सरकारको तिव्र आलोचना गरेको छ ।

पार्टीका अध्यक्ष विक्रम बहादुर वमले हामीसंग भने कुनै प्रभुले राहत र उद्धार छिटो गर भने पछि मात्रै सरकारले तिव्रता दिने हो कि र ? सरकारले स्वविवेकले कार्य गर्न नसक्ने अवस्थामा रहेको भए जनतासंग स्पष्ट रुपमा भन्नु पर्ने भनि माग समेत राखेका छन् ।

साथै नेपाली सेना, नेपाल प्ररहरी, शसस्त्र प्रहरी, नेपाल स्काउट,विभिन्न संघ संस्था र राजनितिक पार्टीका नेता कार्यकर्ताहरुले स्वतस्फुर्त रुपमा आमजनता यस दुःखमा साथ दिनको लागि कसैको आदेश नपर्खी अग्रसर हुनलाई पार्टीका कोषाध्यक्ष शुक्र शहादुर गुरुङले आग्रह समेत गरेका छन् ।

साथै आफ्ना पार्टीका शिव सैनिकहरुलाई पिडामा परेका जनताहरुको उद्धार र राहत काममा सक्रिय हुन अध्यक्ष बमले आफना पार्टीका कार्यकर्तालाई आव्हान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्